सुनको मूल्य एकै दिन एक हजारले बढ्यो

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

काठमाडौं- स्थानीय बजारमा सुनको मूल्य बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक हजार रुपैयाँले बढेर कारोबार भएको हो ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख ३८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार छापावाल सुन प्रतितोला एक लाख ३७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य बुधबार पाँच रूपैयाँले बढेर कारोबार भएको महासंघले जानकारी दिएको छ । बुधबार चाँदी प्रतितोेला एक हजार ७४५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ७४० रुपैयाँमा कारोबार भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्