एनआरएनए साउदीको अध्यक्षमा अर्यालको मात्रै उम्मेदवारी

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

दोहा– गैरआवासीय नेपाली संघ (एनआरएनए) साउदी अरबको अध्यक्षमा रबिना अर्यालको मात्रै उम्मेदवारी परेको छ । एनआरएनए साउदी अरबको कार्यसमिति चयन प्रकिया अघि बढेसँगै निर्वाचन समितिले उम्मेदवारी दर्ता गराएका आवेदकको नमावली सार्वजनिक गरेको हो ।

अध्यक्षलगायतका धेरै पदमा एक जनाको मात्रै उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिले जारी गरेको सूचना अनुसार अध्यक्षमा रबिना अर्यालले मात्रै उम्मेदवारी दर्ता गराएकी छिन् । अध्यक्षमा अर्यालको मात्रै उमेदवारी परेकोले उनीलगायत कार्यसमितिका सबै पदाधिकारी निर्विरोध चयन भएको जनाइएको छ ।

सुरुमा रोशनकुमार श्रेष्ठले पनि अध्यक्षमा उम्मेदवारी दर्ता गराएको भएपनि उनले रबिना अर्याललाई नै सहयोग गर्ने भन्दै आफ्नो उमेदवारी फिर्ता लिएको जानकारी आधिकारिक रूपमा निर्वाचन समितिको इमेलमा पठाएका छन् ।

वरिष्ठ उपाध्यक्षबाहेक सबै पदमा चाहिनेजति मात्रै उम्मेदवारले मात्रै उम्मेदवारी दर्ता गरेकाले सबै निर्विरोध भएका छन् । यद्यपि निर्वाचन समितिले भने दाबी विरोध हेरेर प्रक्रियागत ढङ्गले आधिकारिक घोषणा गर्ने जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्