राजदूत अर्याल र ओमानका परराष्ट्र मन्त्रालयका अन्डरसेक्रेटरी मुसैलीबीच भेटवार्ता

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

दोहा : ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्याल र ओमानको परराष्ट्र मन्त्रालयका अन्डरसेक्रेटरी खालिद अल मुसैलीबीच भेटवार्ता भएको छ ।

भेटका अवसरमा दुई पक्षीय सहयोग तथा आपसी हितका विभिन्न विषयमा छलफल भएको मस्कटस्थित नेपाली दूतावासले जनाएको छ ।

उक्त भेटमा ओमानका तर्फबाट सम्बन्धित महाशाखाका कर्मचारी र नेपाली दूतावासबाट प्रथम सचिव सोमेश थापा तथा श्रम सहचारी गोबिन्द आचार्यको पनि उपस्थिति थियो ।

सो अवसरमा राजदूत अर्यालले माछापुछ्रे हिमालयन रेन्जको पेन्टिङ परराष्ट्र मन्त्रालयको उपयुक्त स्थानमा राख्न उपहारस्वरूप प्रदान गरेका थिए । उक्त पेन्टिङ सगरमाथा समूह ओमानद्वारा उपलब्ध गराइएको थियो ।

गत हप्ता मात्र राजदूत अर्यालले त्यहाँको श्रम मन्त्रालयका अन्डरसेक्रेटरी शेख नसर अमुर अल होस्नीबीच पनि भेटवार्ता गरेका थिए ।

उनीहरूबीचको भेटमा पनि द्विपक्षीय सहयोग, श्रम सम्झौता, कामदारका विविध समस्याहरू, मानव तस्करी लगायतको विषयमा छलफल भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्