चैत महिनाभरि सुनको मूल्यमा ‘रेकर्डै–रेकर्ड’

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

काठमाडौं -विश्व बजारमा सुनको मूल्य लगातार बढेसँगै नेपालमा पनि त्यसको प्रभाव देखियो । २०८० को अन्तिम महिना चैतमा सुनको मूल्यले ‘रेकर्डै–रेकर्ड’ बनायो । यो महिना छापावाल सुन प्रतितोला एक लाख २४ हजार ५०० रुपैयाँभन्दा कममा कारोबार भएन ।

वर्षको अन्तिम दिन शुक्रबार भने छापावाल सुन एक लाख ३९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । एकै दिन छापावाल सुनको मूल्य प्रतितोला दुई हजार ४०० रुपैयाँले बढेको हो ।
चैत १ गते सुन प्रतितोला एक लाख २५ हजार ८०० रुपैयाँमा करोबार भएको थियो । यो महिना सबैभन्दा कममा एक लाख २४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । चैत ८ गते छापावाल सुन एक लाख २७ हजार ८०० रुपैयाँमा करोबार भएको थियो । त्यसैगरी चैत १५ गते एक लाख २७ हजार ९०० रुपैयाँमा, १६ गते एक लाख ३० हजार रुपैयाँमा र १९ गते एक लाख ३१ हजार ६०० रुपैयाँमा करोबार भएको थियो ।

त्यसैगरी २१ गते एक लाख ३३ हजार रुपैयाँमा कारोबार भएको थियो । २२ गते एक लाख ३४ हजार, चैत २५ गते पुनः नयाँ रेकर्ड बनाउँदै एक लाख ३५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, २६ गते एक लाख ३६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । त्यसपछिका दिनमा २७ गते एक लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार हुँदा २८ गते एक लाख ३६ हजार ८०० र ३० गते एक लाख ३९ हजार रुपैयाँमा कारोबार भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य लगातार उकालो लागेको छ । पछिल्लो एक महिनाको तथ्यांक हेर्दा सुनको मूल्य लगातार बढेको देखिन्छ । गोल्डप्राइज डट ओआरजीका अनुसार मार्च ११ देखि अप्रिल ११ सम्म २१५.४३ अमेरिकन डलरले बढेको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतितोला २३९४.३२ अमेरिकन डलरमा कारोबार भइरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्