परराष्ट्रमन्त्री एनपी साउद र नेपालका लागि चिनियाँ राजदूत सोङबीच मंगलबार भेटवार्ता

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

१२ भदौ, काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद र नेपालका लागि चिनियाँ राजदूत सोङबीच मंगलबार भेटवार्ता भएको छ ।

भेटका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न चीन भ्रमण र द्विपक्षीय सहमतिका विषयमा उनीहरूबीच छलफल भएको छ ।
प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा बीआरआई परियोजना कार्यान्वयन गर्ने विषयलाई प्राथमिकतामा राखेको छलफल हुने हुँदा सोही विषयमा छलफल गर्न राजदूत सोङले परराष्ट्रमन्त्री साउदसँग भेटवार्ता गरेका हुन् ।
अमेरिकी परियोजना एमसीसी कार्यान्वयनका लागि उपाध्यक्ष रहेका क्यामरुन अलफोर्ड काठमाडौं आएका बेला चिनियाँ राजदूत सोङ र परराष्ट्रमन्त्री साउदबीच भेट भएको हो ।प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको महासभामा भाग ३० भदौमा अमेरिका जाने र सोहि कार्यक्रममा सहभागी भएर ५–७ असोजसम्म चीन भ्रमणमा जाने तय भएको छ ।

भ्रमणको औपचारिक घोषणा नहुँदै प्रधानमन्त्री प्रचण्डले सार्वजनिक रूपमै यस विषयमा बोल्दै आएका छन् । मंगलबार मात्रै संसदमा सांसदको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले चीन भ्रमणका एजेण्डाहरू प्रस्तुत गरेका थिए ।

उनले दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई थप उचाइमा पुर्‍याउँदै नेपालको सामाजिक आर्थिक विकासका लागि चीन–नेपाल सम्बन्धलाई नयाँ गति दिने दिशामा केन्द्रित रहने बताएका थिए । भ्रमणका क्रममा यसअघि भएका सम्झौता र समझदारीको कार्यान्वयनमा जोड दिइने उनको भनाइ छ ।

प्रधानमन्त्रीले अन्य सार्वजनिक कार्यक्रममा चीनसँग विद्युतीय व्यापार सम्झौतामा हस्ताक्षर हुने दाबी गर्दै आइरहेका छन् ।

onlinekhabar

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्